संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छ : अर्थमन्त्री पौडेल

लोकपथ
189
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित रहेको बताएका छन् । 

आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा अर्थ समितिमा भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

उनले सांसदहरूले संघले संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्नेकुरामा जोड दिएको र त्यसमा सरकार गम्भीर रहेको बताए । उनले तीन तहको सरकारको प्रबन्ध गरिएको र तीन तहको सरकारको अधिकारको सूचि र त्यसमा साझा सूचिहरू पनि निर्धारण गरिएको उल्लेख गर्दै संस्थागत गरिएको प्रबन्ध अनुशरण गर्न केही कठिन भएको बताए । उनले संविधानअनुरुप अभ्यस्त हुन केही समय लागेको भए पनि अब समय नलाग्ने बताए । 

उपप्रधानमन्त्री पौडेलले भने, ‘अप्ठ्यारो कहाँनेर परेको छ भने हामीले संविधानमा एउटा प्रबन्ध गर्‍यौँ । तीन तहको सरकारको प्रबन्ध गर्‍यौँ । तीन तहको सरकारको अधिकारको सूचि र त्यसमा साझा सूचिहरू पनि निर्धारण गर्‍यौँ । पालिका, प्रदेश र संघले के गर्ने ? भन्ने हामीले संस्थागत गरेका छौँ । अहिलेसम्मको अनुभवले त्यो बताउँछ । संविधानअनुरुप अभ्यस्त हुन हामीलाई समय पनि लाग्यो । हामी संघले संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्नेकुरामा यहाँहरुको जोड छ । यसलाई गम्भीरतापूर्वक लिएको छु । ’

उपप्रधानमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटबाट सांसदहरूले महत्त्वपूर्ण सुझाव दिएको र सुझावहरूलाई समेटेर बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । परिस्थिति असहज भएकाले बजेट निर्माण गर्दा बजेटको साइज, विनियोजन कौशलता र कार्यान्वयनको सुनिश्चितताका साथै प्राथमिकता निर्धारण गर्ने क्रममा छलफलको विषय बनाएर अघि बढ्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?