आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
518
Shares
फाइल तस्बिर

काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयकाअनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयमाथि छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा जवाफ दिन गृहमन्त्री रमेश लेखक उपस्थित हुने भएका छन् ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?