झलनाथको चेतावनी– ‘शिक्षकहरुको माग पूरा नभए आन्दोलन झन चर्किन्छ’

लोकपथ
77
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगत एक सातादेखि विभिन्न माग राखेर आन्दोलनरत शिक्षकहरुको माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता समेत रहेका खनालले शिक्षकहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षकहरुको जायज मागहरु पूरा गर्न आग्रह गरे ।

देशको केन्द्रीय राजधानी काठमाडौंमा शिक्षकहरुले निरन्तर आन्दोलन गरिरहँदा समेत सरकारले गुनासोहरु नसुन्नु दुखद कुरा रहेको बताए ।

‘शिक्षकहरु सिंगो समाजका आदरणीय र सम्माननीय गुरुहरु हुन् । उनीहरुका मागहरुलाई सरकारले उच्च सम्मानका साथ हेर्नुपर्छ, उनीहरुका गुनासा सुन्नुपर्छ र उनीहरुका जायज भनाइहरुलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने हुन्छ । तर सरकारले उनीहरुलाई बेवास्ता गरेको देख्दा हामी सबैलाई आश्चर्य र दुख लागिरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेता खनालले सरकारले समयमा नै शिक्षकहरुको माग सम्बोधन नगरे अझ फराकिलो दायरामा जनआन्दोलन उठ्ने चेतावनी समेत दिएका छन् ।

‘सरकारले आदरणीय शिक्षकहरुका मागहरु सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहान्छु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?