लामिछानेमाथि प्रहरी ज्यादती भएको भन्दै रास्वपाद्वारा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

लोकपथ
1.3k
Shares


काठमाडौं । पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियारलगायत रास्वपा नेताहरू आज बिहान आयोगको कार्यालयमा पुगेर आयुक्तहरूलाई घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका छन् ।

लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेकोमा त्यसै दिनको राति लामिछानेलाई प्रहरीले बनस्थलिस्थित निवासबाटै पक्राउ गरेको थियो ।

भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?