काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज (बुधबार) आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय च:मतिमा अपराह्न ४ बजे बस्ने भएको हो ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि, समसामयिक राजनीतिक परिस्थितिबारे विस्तृत छलफल हुनेछ।
साथै पार्टीको अधिवेशन सम्बन्धी विषयमा पनि महत्वपूर्ण छलफल हुनेछ । बैठकमा चितवनबाट सुरु गरिएको ‘जनयात्रा’लाई कसरी निरन्तरता दिने भन्ने विषय समेत एजेण्डामा परेको छ।
यसैगरी, बैठकमा प्रदेशहरूका जिम्मेवारी सम्हालिरहेका पदाधिकारीहरूको भूमिकाबारे समीक्षा गरिने र केन्द्रीय सदस्यहरूको कामको समिक्षा पनि बैठकको मुख्य एजेण्डामा पर्ने रास्वपाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया