काठमाडौं । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।
बुधबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत सर्व सहमतिले स्वीकृत भएसँगै दफाबार छलफलका लागि समितिमा पठाइएको हो ।
यो विधेयक गत माघ १५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रस्तुत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया