नेपाली जनतालाई कुनै पनि मोडलको राजतन्त्र चाहिएको छैन : विमलेन्द्र निधी

लोकपथ
371
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताए । राजाहरूले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । उनले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको बताए ।

उनले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गरे । उनले जनताले कुनै पनि प्रणालीको राजतन्त्र नचाएको भन्दै राजतन्त्र पुनःस्थापित नहुने जिकिर गरे ।

सांसद निधीले संविधान संशोधन गरी प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तत्काल संघीय कानुन निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?