काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजनीतिक दलहरू गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न समेत चेतावनी दिए ।
आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमिकमजोरी सच्याउनसक्छौं कि सक्दैनौँ भन्ने डर रहेको बताए । उनले संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा जन आवश्यकताअनुसार कानुन बनाउन नसक्नु कसको दोष हो ? भन्दै प्रश्न गरे ।
प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो नबनाउने समस्याको पछाडि केन्द्रीकृत मानसिकताको गल्ती हो भन्ने स्विकार्न गल्ती गर्न नहुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया