महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल एक मतले विजयी

लोकपथ
1.9k
Shares

काठमाडौं । महाराजगञ्जस्थित महाराज नर्सिङ क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो विरासत जोगाएको छ ।

मंगलबार भएको निर्वाचनमा नेविसंघका तर्फबाट उम्मेदवार रहेकी विन्दु पोखरेलले एक मतले विजयी भएकी हुन् ।

पोखरेलले २५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुकी मनकुमारी बुढाले २५८ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै सचिव र कोषाध्यक्षमा समेत नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?