हत्याको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

लोकपथ
2.9k
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन् ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ वर्षकी महिला गत शनिबार मृत फेला परेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिको संलग्नता खुल्न आएकोले प्रहरीले उनीहरुलाई उपत्यकाको  विभिन्न स्थानबाट पक्राउ गरेको थियो । आरोपीलाई काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?