महिलाको सम्मान नहुने घर ‘नरक’ सरह हो : मन्त्री सुडी

लोकपथ
168
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नरक’ सरह हुने टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफ्नो छोरी रानी र अरूको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताए । उनले छोरी सरह स्नेह दिनसके आमासरह माया पाउने पाउने बताए । पुरुष र महिलामा कानुनी रूपमा कुने विभेद नभए पनि व्यवहारिक रूपमा अझै कायम रहेको जिकिर गरे । यसलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ । 

मन्त्री सुडीले महिलाहरूको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गरे ।सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्नेमा उनको जोड छ । महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?