साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

लोकपथ
3.3k
Shares

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका-६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । आज बिहान ३:४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका २१वर्षीय आकाश, सुमन र ४५ वर्षका हरिजनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएको टिपरलाई डोजरको सहायताले बाहिर निकालिएको छ । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?