एमाले अखिलले मुख्य १४ वटा क्याम्पसमा सभापतिको उम्मेदवार छान्यो, कहाँबाट को ?

लोकपथ
833
Shares

काठमाडौं । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

आज बिहान बसेको बैठकले मुलुकका १४ वटा क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको हो ।

जसअनुसार, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट, रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौंमा लोकेश खड्का, कोटेश्वर बहुमुखी क्याम्पस कोटेश्वरमा शर्मिला भण्डारी, पशुपति बहुमुखी क्याम्पसमा सोनाम मोक्तान, एनआर क्याम्पस नेपालटारमा निरज श्रेष्ठ र पब्लिक युथ क्याम्पस धोबीचौरमा निराजनविक्रम शाहीलाई सभापतिको उम्मेदवार बनाएको छ ।

यसैगरी, ग्रामीण आदर्श क्याम्पस नेपालटारमा बैकुण्ठ (अशोक) खनाल, ,वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पवन यादव, महेन्द्र मोरङमा अनिश बोगटी, सर्लाही बहुमुखी क्याम्पस सर्लाहीमा कृष्णकुमार यादव चिन्टु, महेन्द्र बहुमुखी दाडमा सागर पण्डित, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा पुरुषोत्तम चौधरी, पूर्वाञ्चल क्याम्पस धरानमा ईश्वर बन्जाडे, महाराजगन्ज मेडिकल क्याम्पसमा पंकज गुप्ता र जनप्रिय क्याम्पस पोखरामा आविष्कार केसीलाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।

स्ववियु चुनावका लागि आज संघ–संगठन दर्ता हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?