धनगढी नेपालकै सबैभन्दा धेरै प्रदूषित शहर बन्यो

लोकपथ
2.4k
Shares

काठमाडौं । धनगढी आज नेपालकै धेरै वायु प्रदूषित शहर बनेको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीले आज बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरेको जनाएको हो । 

पछिल्लो २४ घण्टामा पनि धनगढी नै प्रदूषित थियो । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

वातावरण विभागका अनुसार आज भक्तपुरको १८२,काठमाडौं शंखपार्कको १७४, भैंसेपाटी १७२, रत्नपार्क १७०, पोखरा १६९, खुमल्टार १६५, भरतपुर १६१ र हेटौँडाको १५९ एक्यूआई मापन गरिएको छ ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता जाँँच्दै आएको आई्क्यू एअरले काठमाडौंको वायू प्रदुषण १७८ एक्यूआई मापन गरेको छ । विश्वभरको तथ्यांकम भने नेपाल पाँचौं स्थानमा छ । 

भारतको दिल्ली शहर ३३१ एक्यूआइसहित विश्वको प्रदुषित शहरमा पहिलो स्थानमा छ । पाकिस्तानको लाहोरको २७६ र बंगलादेशको लाहोर २२४ मापन गरिएको छ ।

छैठौ नम्बरमा चिनको वुहान राज्य परेको छ । वुहानको वायु प्रदूषण १७५ एक्यूआई मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?