काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा एकीकृत समाजवादीले पारित गर्न नदिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती दिए ।
उनले आफ्नै पहलमा नेकपा माओवादी केन्द्रसँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । अहिले पनि संसद् भंग गर्न प्रयत्न भइरहेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको बताए । एमालेले कम्युनिष्ट पार्टीको चरित्र गुमाएको आरोप लगाए । एमाले पार्टीको रूपमा नचलेको पनि उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया