काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन् ।
बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उनको भनाइ छ । उनले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै यसको नियमन गर्न जरुरी रहेको बताए ।
उनले सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसाबले नेपाल विश्वमै नमुना भए पनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको बताए । अनलाइन मिडियाले सामाजिक सद्भाव, आपसी एकता र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने कार्यमा सहयोग नगरेको जिकिर गरे ।
उनले हेट स्पिचको माध्यमबाट व्यक्ति विशेष र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै उनले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागिपरेको समेत बताए । उनले नेपालको सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया