नेपाली श्रमिकले विदेशबाट पनि श्रम स्वीकृति लिन सक्ने

लोकपथ
63
Shares

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । 

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट-कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाईराजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरेका हुन् । 

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरुको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?