काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताएका छन् । शनिबार बागलुङमा इला कम्फोर्ट होटेलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले बाध्यतावह विदेशिनुपरेको यथार्थलाई हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताए ।उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताए ।
उनले अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको सही कार्यान्वयन गर्न जरुरी रहेको बताए ।अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठुलो आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यकासाथ आफूहरू अघि बढेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया