काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्ले सबैलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाएको छ ।
आज बसेको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सो कुरा बताएका हुन् ।
पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विषयमा प्रतिक्रिया जनाउँदै सरकारले छलफल नै नगरी अघि बढेको आरोप लगाए । आजको बैठकको सुरुमा नै रास्वपाका सांसदहरुले विरोध जनाएका थिए । रास्वपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राख्दा सभामुखले नदिएपछि केहीबेर बैठक बहिस्कार गरी बाहिरिएका थिए ।
सो विषयमा धारणा राख्दै पाण्डले भने, ‘हाम्रो प्रतिनिधि सभाको चौथो ठूलो दलसँग जसरी छलफल गरेर यसलाई सँगै लैजाने गरेर वातावरण सिर्जना गरेर लैजानु पर्दथ्यो त्यो हुन सकेन म दुख व्यक्त गर्दछु । यसमा हाम्रा अभ्यासहरु पनि केही थिए, संसद् सञ्चालन गर्नुभन्दा पहिले हामी प्रमुख सचेतकहरुलाई मुख्य सचेतकहरुलाई यो दिनको कारबाहीलाई कसरी अगाडी बढाउने भनेर हाम्रा केही सरसल्लाहहरु पनि हुने गर्दथे । ती अभ्यासहरु पनि क्रस भएका छन् ।’
त्यस्तै सरकार गठन भएपछि जनताले सरकार भएको प्रत्याभूती हुन नसकेको समेत बताए ।
प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने गरे पनि विभिन्न काण्डहरुमा भ्रष्टाचार भइरहे पनि त्यसो गर्न नसकीरहेको बताए ।
सरकारले सत्तापक्ष र प्रतिपक्षको आधारमा काखा र पाखा समेत गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया