यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

लोकपथ
126
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९१ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ २१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४५० रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४९ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ८१ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?