सबै जातजातिको संस्कृति संरक्षणमा राष्ट्रपति पौडेलको जोड  

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन्  । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबैको आफ्नै संस्कृति रहेको उनले उल्लेख गरे । 

राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी आज सोनाम ल्होसारको शुभारम्भ दिँदै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र  बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे ।   

भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र महत्त्वपूर्ण स्थान रहेको राष्ट्रपति पौडेलले बताए । सो अवसरमा शीतल निवासमा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोचरण गर्नुका साथै तामाङको ताम्बा र बाम्बोको सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?