बाँसबारी छालाजुत्ता कारखानाको जग्गामाथिको हकदाबी सर्वोच्चबाट फिर्ता

लोकपथ
476
Shares

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखाना भएको जग्गामाथिको हकदाबी सर्वोच्च अदालतबाट फिर्ता भएको छ । काठमाडौंको बाँसबारीस्थित छाला जुत्ता कारखानाको १० रोपनी जग्गा उपभोग गरिरहेको चौधरी समूहले उक्त जग्गामाथिको हकदाबी सर्वोच्चबाट फिर्ता लिएको हो ।

बाँसबारीको उक्त जग्गा सरकारीकरण भएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेको चाँदवाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्षले हालेको रिट मंगलबार सर्वोच्च अदालतले मागबमोजिम नै फिर्ता गरेको हो।

चाँदवागका तर्फबाट अध्यक्ष सञ्जयकुमार ठाकुरले दुईवटा रिट निवेदन फिर्ता लिन सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

मंगलबार दर्ता भएको निवेदनमाथि सुनुवाई गरी न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासबाट उक्त रिट फिर्ता भएको हो।

यो आदेशसँगै सीजी चाँदवाग रेसिडेन्सीको बाँसबारीको जग्गामाथिको हकदाबी समाप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?