काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता भीम रावलले पत्रकार सम्मेलन बोलाएका छन् ।
बुधबार बसेको नेकपा एमालेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाट समेत निकालेको छ ।
रावलले परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै दिउँसो १ बजे कार्की ब्यांकेटमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए ।
‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिको लागी सम्पुर्ण संचारकर्मी एवं शुभेच्छुक र जिज्ञासुहरुलाई हार्दिक अनुरोधका साथ आमन्त्रण गर्दछु,’ उनले भनेका छन् ।
त्यसो त रावल पार्टी निष्कासनमा परेसँगै भेटघाटलाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया