काठमाडौं– कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयर लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बिहीबार बसेको ११३७ औँ बैंक सञ्चालक समिति बैंठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर समेत गरी ७.५३ प्रतिशत नगद लाभांश दिने भएको हो।
यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया