काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा दुई हजारले वृद्धि भएको छ । मंगलबार एकतोला सुन एक लाख ५२ हजार २०० मा कारोबार भएको थियो । भने आज तोलामा एक लाख ५४ हजार २०० मा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९ सय २५ मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया