उपनिर्वाचन मतगणना अपडेट : जाजरकोटको कुशे–७ मा कांग्रेसका सिंह विजयी

लोकपथ
357
Shares

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् ।

उक्त पदका लागि आज भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गरे ।

त्यस्तै नेकपा एमालेका डम्बरबहादुर घर्तीले दुई सय ५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका लालबहादुर खत्रीले आठ मत ल्याए । उक्त निर्वाचनमा १७ मत बदर भएको थियो । कूल एक हजार तीन सय दुई मतदाता रहेकामा नौ सय ९५६ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?