काठमाडौं–१६ मा सबै मतपेटिका संकलन, आजै मतगणनाको तयारी

लोकपथ
308
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा भएको उपनिर्वाचनको मतगणना गर्ने तयारी गरिएको छ ।

आज बिहान ७ बजेबाट भएको मतदानमा विभिन्न ९ वटा मतदान केन्द्रमा १० हजार ५ सय ५९ मत खसेको थियो ।

सबै मतदान केन्द्रबाट मतपेटिका संकलनको काम सम्पन्न भएको, केहीबेरमा सर्वदलीय बैठकपछि मतगणना सुरु हुने बताइएको छ ।

०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं–१६ बाट नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । उनको निधनपछि त्यहाँ पुनः उपनिर्वाचन भएको हो ।

बालाजुको चस्मतिस्थित १६ नम्बर वडा कार्यालयमा मतगणना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?