कीर्तिपुरमा सबै मतपेटिका संकलन गरियो

लोकपथ
287
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका र २ वडामा भएको स्थानीय तह उपनिर्वाचनको मतपेटिका संकलन सकिएको छ ।

सबै मतपेटिका ल्याइसकिएपछि र मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

कीर्तिपुरमा मतगणनाको काम आजै थालिने तयारी गरिएको छ । अन्य कामहरु सकिएपछि आजैबाट मतगणना सुरु गरिने निर्वाचन अधिकृत कमल पोखरेलले जानकारी दिए ।

बिहान ७ बजेबाट सुरु भएको कीर्तिपुरमा ३१ हजार ११९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको छ ।

गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएसँगै त्यहाँ पुनः उपनिर्वाचन भएको हो ।

कीर्तिपुर नगरपालिकामा ६८ दशमलव ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?