एमालेको दाबी– ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धीमूलक रह्यो’

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न अमेरिका भ्रमण उपलब्धीमूलक रहेको दाबी गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकमा ओलीले आफ्नो अमेरिका भ्रमणबारे ब्रिफिङ गरेका थिए ।

बैठकपछि बोल्दै एमाले महासचिव समेत रहेका सचिवालय सदस्य शंकर पोखरेलले ओलीको अमेरिका भ्रमण सोचेभन्दा पनि उपलब्धीमूलक रहेको बताएका हुन् ।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धीपूर्ण रह्यो । औपचारिक अनौपचारिक भेटघाटले स्वभाविक रुपमा नेपालको अन्तर्राष्ट्रिय छवीलाई उजागर गर्ने खालको काम भएको छ । त्यसमा चाँही नेपालको प्रतिष्ठा वृद्धि गर्ने कुरामा सम्माननीय प्रधानमन्त्री र उहाँको टीम भ्रमण उपलब्धीमूलक रहेको निष्कर्ष बैठकले निकालेको म जानकारी गराउँन चाहान्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?