काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट्न विदेशमन्त्री अल्बुसैदीसहितको प्रतिनिधिमण्डलको टोली पुगेको थियो ।
नेपालको औपचारिक भ्रमणका लागि विदेशमन्त्री अल्बुसैदी सोमबार साँझ नेपाल आइपुगेका हुन् । दुई दिने नेपाल भ्रमणमा रहेका अल्बुसैदीले प्रधानमन्त्री ओलीसहित उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया