काठमाडौं । भारतको देवघर तीर्थयात्रामा गएका नेपाली तीर्थयात्रु सवार बस दुर्घटनामा परेको छ । ४३ जना सवार बसका २५ जना यात्रु घाइते भएको बताइएको छ ।
भारतीय अनलाइन समाचार अमरउज्वलाका अनुसार राजमार्गको २८ क्षेत्रमा बस दुर्घटनामा परेको हो । शनिबार बिहान ११ बजे नेपालबाट गएको बस आइतबार बिहान बिहान ३ बजे भारतमा दुर्घटनामा परेको हो ।
बसको एक्सल टुटेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । समाचारमा बसको गति सामान्य रहेको पनि जनाइएको छ । दुर्घटनाबाट घाइते नेपाली यात्रुहरू प्राथमिक उपचार सकेर फर्केको सो अनलाइनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया