काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । पार्टी कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
स्रोतका अनुसार, बैठकमा केही सदस्यले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नेबारे मत राखेपनि बहुमत सदस्यले आफ्नै उम्मेदवार उठाउनु पर्ने धारणा राखेपछि रास्वपाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न ठीक हुने सुझाव सरकारलाई दिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया