गगनको आक्रोश : ‘संसद्मा हामी छौँ, सरकार फेरिए पनि काण्डबारे हाम्रो कुरा फेरिँदैन’

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकार फेरिए पनि विभिन्न काण्डहरुको छानबिन प्रक्रिया नफेरिने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।

सरकार फेरिएपछि विभिन्न काण्डका फाइलहरु बन्द हुने हो की भन्ने आरोपबारे स्पष्ट पारे ।

उनले गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी प्रकरण, डेडिकेटेड ट्रंक लाइन लगायतका विषयमा सरकारले स्पष्टसँग काम गर्नुपर्नेमा जोड दिए । यसअघिको सरकारले काम गर्न खोजेको तर यो सरकार आएपछि ती कामहरु रोकिने भन्दै माओवादी, राप्रपा र रास्वपा लगायतका दलहरुले आवाज उठाइरहेका छन् । सो विषयमा बोल्दै सांसद थापाले त्यसमा आफूहरु विवेक प्रयोग गरेर सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए ।

‘… अब सरकार फेरियो कुरा फेरिन्छ ? फेरिँदैन । यो सदनमा हामी पनि छौँ । हामी त्यहाँ बस्दा एउटा यहाँ बस्दा एउटा भन्दैनौँ । यता बस्दैगर्दा गिरिबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रंक लाइन देख्दै नदेख्ने । बसेर सहकारी मज्जाले ठग्ने । हामी उता बस्दा पनि त्यही हो यता बस्दा पनि त्यही हो । गिरिबन्धु पनि जे हो त्यही हुनुपर्छ, भुटानी शरणार्थीको पनि जे हो त्यही हुनुपर्छ । डेडिकेटेड ट्रंक लाइनको पनि एक रुपैयाँ पनि सरकार ठगिनु हुँदैन । सहकारीमा ठगी गर्नेहरुलाई पनि कारबाही गर्नैपर्छ,’ थापाले भने ।

त्यस्तै मन्त्रीहरुलाई उद्घाटन र भाषणमा रमाउने भन्दा पनि काम गरेर देखाउन आग्रह गरे । मन्त्रीहरुले काम गरे प्रसंशा गर्ने र काम नगरे निरन्तर खबरदारी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?