रैथाने खानालाई उत्पादनमूलक बनाउन कानुन आवश्यक

लोकपथ
0
Shares

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सरकारले रैथाने वालीबाट उत्पादन हुने खानालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताएकी छन् ।

विहीबार ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सव समारोहमा उनले आधुनिकतामा ढल्कने नाममा रैथाने खानालाई बिर्सिएको भन्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने बताइन ।

उनले भनिन्, ‘हामी आधुनिकतामा ढल्कने हिसाबले विभिन्न रोगहरु निम्ताइरहेका छौं । तर भएका कयौं रैथाने पौष्टिक खानाहरुलाई बिर्सिरहेका छौं । वास्तवमा सरकारले यसलाई प्रोत्साहन गर्नुपर्छ, आफ्नो अंगको रुपमा हाम्रो रैथाने खानाहरुलाई राख्नुपर्छ ।’

यस्तै, उनले सरकारले रैथाने खानालाई उत्पादनमूलक बनाउनको लागि कानून पनि बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘सरकारले रैथाने खानाहरुलाई कसरी उत्पादनमूलक बनाउने भन्ने कुरामा पनि सोच्न आवश्यक छ । यसको लागि संसदमा पनि छलफल गरेर कानून बनाएर लागू गर्नु पर्छ र यसमा सबैको साथ आवश्यक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?