डिजाइन एक्स्पोमा उपप्रमुख

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोे सुरु भएको छ ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको व्यवस्थापनमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरु भएको हो ।

‘स्पेस एण्ड डिजाइन’ एक्स्पोको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरिन् ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनमा अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्वलाई उजागर गर्नका लागि एक्स्पोको महत्वपूर्ण हुने उनले बताइन् ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र पब्लिक च्याइस विधामा उत्कृष्ट हुनेलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गरिने छ ।
एक्स्पो भोलि शनिबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?