काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूरै कार्यकाल प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।
मंगलबार धनगढीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।
ओलीले भने, ‘अहिले मलाई त्यति मन पनि लागेको छैन। अरू केही (एमालेबाट) अगाडि पनि सरेका छैनन्। के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त’
कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले एमालेसँग नयाँ सत्ता समीकरणसहित सरकारमा सामेल भएका छन् । तर सत्ता साझेदारिताको विषयमा भने कुनै सहमति भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया