गृहमन्त्रीविरुद्ध नेविसंघको प्रदर्शन, १५ जना पक्राउ

लोकपथ
308
Shares
file photo

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेस निकट नेविसंघले प्रदर्शन गरेको छ ।


आज सिंहदरबार परिसरमा प्रदर्शन गर्ने क्रममा १५ जना नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् ।


सहकारी ठगी प्रकरणमा नाम मुछिएका लामिछानेविरुद्ध प्रदर्शन गर्दै सिंहदरबारस्थित निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


गृहमन्त्री लामिछानेको नैतिकता खै ?, दुुलोभित्र पसेको हो ? सहकारी पीडितलाई न्याय खै ? लगायत नारासहित प्रदर्शन गरेका हुन् ।


त्यसो त गृहमन्त्री लामिछानेको विरुद्धमा संसदमा नेपाली कांग्रेसले निरन्तर प्रश्न उठाउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?