राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : अध्यक्ष चन्द

लोकपथ
0
Shares

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राज्यले क्रिकेट खेलको विकासका लागि लगानी बढाउनुपर्ने बताएका छन् ।

क्रिकेटको सम्भावना निकै राम्रो भएको भन्दै उनले राज्यले लगानी बढाए अझ प्रगति गर्न सकिने उल्लेख गरे ।विराटनगरमा आज सुरु भएको तेस्रो इक्वालिटी कप क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ग्रामीण क्षेत्रमा क्रिकेट खेलको विकास गर्नका लागि ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाली खेलाडीले क्रिकेटमा राम्रो प्रदर्शनसहित प्रगति गरिरहेको उल्लेख गर्दै उनले यस खेलप्रति दर्शकको क्रेज पनि बढेको बताए ।क्रिकेटमा नेपाली पुरुष र महिला दुवै टिमको प्रदर्शन खारिँदै गएको भन्दै उनले अझै गर्नुपर्ने धेरै रहेको र यसका लागि राज्यको ध्यान जानुपर्ने उल्लेख गरे ।

यो क्षेत्रमा लगानी बढाएर नयाँ खेलाडी उत्पादन वृद्धि गर्न ठोस पहलको आवश्यकता रहेको अध्यक्ष चन्दले उल्लेख गरे ।प्रतियोगिता आयोजक नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले महिला क्रिकेट खेलाडी उत्पादन गर्न प्रशस्त प्रतियोगिता आयोजना हुन सकेसहयोग पुग्ने उनले बताए ।

फाउण्डेसनले मोरङ क्रिकेट संघसँगको समन्वयमा प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?