काठमाडौं । कांग्रेससहितको गठबन्धन भत्किएसँगै एमालेसहितको नयाँ गठबन्धन सरकार निर्माण हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा गठन हुने सरकारमा एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री बन्ने पक्का भएको छ । त्यस्तै माओवादीबाट एक र रास्वपाबाट समेत मन्त्री बन्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा गिरीलाई सरकारमा पठाउन लागेको गिरी निकट स्रोतले जानकारी दिएको छ ।
गिरी यसअघि पनि स्वास्थमन्त्रीको रुपमा काम गरिसकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया