काठमाडौं । एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय विजयी भएका छन् ।
ट्रायलमान्डुको आयोजना रहेका प्रतियोगिता अन्तर्गत शनिबार भएको नेपालको पहिलो खेलमा ३७ किमी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारीत दुरी चार घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे ।
राजा महतारा चार घन्टा २४ मिनेट २० सकेन्ड समय लगाएर उपविजेता र मनकुमार रोका मगर चार घन्टा ३४ मिनेट ०३ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।
महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले पाँच घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा गरिन् ।
यसैगरी उपविजेतामा चित्त बुझाएकी स्टाइन हेजेलवर्गले पाच घन्टा ५८ मिनेट र १४ सकेन्ड समय लगाइन् ।
सोन्या मार्टिनले पाँच घन्टा ५८ मिनेट ३६ सकेन्ड समय लगाएर तेस्रो स्थन हासिल गरिन् ।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ७० जना धाविकधाविकाको सहभागिता रहेको थियो ।
नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया