काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ट्रिपर चालक पक्रमउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुले आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.५ ख. ७३९७ नम्बरको ट्रिपर चालक धादिङ थाक्रे रानीबनका दिपक राउतलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १ रानीवनस्थित निषेधित क्षेत्रमा प्रवेश गरेको ट्रिपरलाई स्थानिय व्यक्तिहरूले घेरीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलीले ट्रिपरलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले ट्रिपरलाई नियन्त्रण गर्ने क्रममा चालकले नगद ५ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए ।
नगदसहित राउतलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया