घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला

काठमाडौं । पाँचथरमा एक किशोरीको घाँटी रेटेर हत्य भएको छ । 

जिल्लाको हिलिहाङ ४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको आइतवार साझ घाँटी रेटेर हत्या भएको हो । 

शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए ।

हत्या कसले र किन गर्यो भन्ने नखुलेको उनले बताए । 

घटनाबारे थप अनुसन्धन भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । 

हत्या स्थलबाट प्रहरीले एक मोबाइल फोन फेला पारेको र किशोरीको शव पोष्टमार्टका लागि जिद्यदा अस्पताल, पाँचथरमा राखिएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?