काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ । प्रमुख आयुक्तबाहेक अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था भएको आयोगमा प्रमुख आयुक्त दिप बस्न्यातको समय अवधि पुरा भएको छ भने आयुक्त राजनारायण पाठकले घुस काण्डमा मुछिएपछि राजीनामा दिएका छन् ।
त्यसैले अहिले प्रमुख आयुक्त नविन घिमिरेसहित तीनजना पदाधिकारीले मात्र आयोग चलाइरहेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
भ्रष्टाचार निवारणको लागि काम गर्ने शक्तिशाली संवैधानिक आयोगलाई लामो समयसम्म पदाधिकारीविहिन राख्न नहुने भए पनि तत्काल नियुक्तिको लागि सरकारी तयारी देखिदैन ।
आयुक्तको योग्यताबारे संविधानमै स्पष्ट व्यवस्था भए पनि त्यस प्रावधानविपरित दलिय स्वार्थमा आयुक्त नियुक्त हुँदा यसअघि धेरै विवाद भएर उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।
संविधानमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको, नियुक्ति हुदा कुनै राजनीतिक दलको सदस्य नभएको, लेखा, राजस्व, इन्जिनियरिङ, कानुन वा अनुसन्धान क्षेत्रमा कम्तीमा २० वर्ष काम गरि ख्याति कमाएको, ४५ वर्ष उमेर पुरा भएको र उच्च नैतिक चरित्र भएको व्यक्ति आयुक्त हुने प्रावधान राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया