काठमाडौं– नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पुनः वार्ता शुरु भएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरी राजपा नेपालसँग वार्ताको प्रक्रिया शुरु गरेको थियो । दुवै दलबीच वार्ताका लागि चिठी आदान प्रदान भएको थियो । तर फोरम नेपालले राजपा नेपालसँग एकीकरण नगरी नयाँ शक्ति नेपालसँग पहिले एकीकरण गरेको छ ।
नयाँ शक्ति नेपालसँग एकीकरण हुनेक्रममा पनि तत्कालीन फोरम नेपालले राजपा नेपालसँग वार्ता गरेको थियो । तर राजपा नेपालले सरकारबाट बाहिरिने सर्त राखेपछि वार्ता प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
समाजवादी पार्टी, नेपालका वार्ता समितिमा सदस्य समेत रहेका महासचिव रामसहाय यादवले राजपा नेपालसँग छलफल भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया