काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को संस्थापन इतर समूहले अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएको छ ।
आजबाट सुरु हुन लागेको नेविसंघको केन्द्रीय कमिटी बैठकका विषयमा विभिन्न मागसहित इतर समूहले ज्ञापनपत्र बुझाएको हो ।
नेविसंघले पूर्णता पाइसकेपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठक तीन दिनसम्म राख्नुपर्ने र सबै केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुपर्ने उनीहरुको माग रहेको छ ।
त्यस्तै केन्द्रीय समितिमा विभिन्न ६ विषयमा छलफल गर्नुपर्ने माग उक्त समूहको रहेको छ ।
‘पहिलो बैठकमा प्रत्येक केन्द्रीय सदस्यहरूले आफ्नो कुरा राख्न पाउनु पर्छ त्यसको लागी प्रस्ताव गरिएका विषयहरू र परिस्थितिको सन्दर्भमा एक दिन अपर्याप्त छ। त्यस कारण अहिले बैठकका सन्दर्भमा गरिएको व्यवस्था अवैज्ञानिक र अव्यवहारिक छ । त्यसैले प्रत्येक केन्द्रीय सदस्यहरूले धारणा राख्न कम्तीमा पनि बैठक तिन दिन सम्मको हुनु पर्छ र पहिलो बैठक भएकाले छलफलका विषयहरू सीमित मुख्य विषयहरूमा मात्रै केन्द्रित हुनु पर्छ । तब मात्रै बैठकको नियतमा आम सदस्यहरू विश्वस्त हुनेछन् ।’ विज्ञप्तिमा भनिएको छ ।
ज्ञापनपत्र बुझाएपछि आफ्नो समुहको छुट्टै भेला बस्ने र त्यही भेलाले केन्द्रीय कमिटी बैठकमा सहभागि हुने वा नहुने भन्ने विषयमा छलफल गरेर टुंगोमा पुग्ने नेविसंघका केन्द्रीय सदस्य बिजय ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसार अध्यक्ष शेर्पा आफूहरुको मागमा सहमत भएको समेत बताए ।
केन्दीय सदस्यद्वय बिजय ढुंगाना तथा ई. सुवास पौडेलको नेतृत्वमा गगन समुहका केन्द्रीय सदस्यहरुको उपस्थितीमा ज्ञापनपत्र बुझाइएको हो ।
आजबाट नेविसंघको केन्द्रीय कमिटी बस्दैछ । गत साउन २३ गते ७१० जनालाई केन्द्रीय कमिटीमा मनोनित गरिएसँगै पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया