विप्लव समूह निकट युवा संगठनका जिल्ला अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा समूहको युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ परेका छन् । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५, बाट जिल्ला अध्यक्ष डिल्लीराज शर्मा पक्राउ परेका हुन् । 

गाउँमा चन्दा आतंक गरिरहेको, विकास निर्माणमा अवरोध गरेको, स्थानीय जनतलाई डर, त्रास देखएर धम्कि दिइरहेको भन्ने गुनासो आएपछि शर्मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शर्मालाई पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको थियो ।

बिहीवार बेलुकी शर्मासहित अन्य २ जना समेत प्रहरी देखेर भागेपछि प्रहरीले हवाई फायर गरेको थियो जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जनकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?