किन हटाइँदै छ संसदको अभिलेखबाट प्रधानमन्त्री र कांग्रेस सांसदले बोलेको शब्द ?

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसदहरुले बोलेको शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । 

वैशाख २४ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेको र प्रधानमन्त्री ओलीले जवाफ दिँदा प्रयोग गरेका शब्द संसदीय मर्यादाविपरीत भएकाले संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् । 

शुक्रवारको बैठकमा सभामुख महराले प्रधानमन्त्री र कांग्रेस सांसदहरु दुवै पक्षबाट प्रयोग भएका यस्ता शब्द संसद सचिवालयको अभिलेखबाट हटाइने बताएका हुन् । 

‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टिकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु’ सभामुख महराले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?