भियतनाम–कम्बोडिया भ्रमणमा प्रधानमन्त्री ओली: नेपाल–भियतनाम सीधा हवाइ सम्झौता हुने

काठमाडौं । भियतनाम र कम्बोडियोको ६ दिन औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भियतनाम सीधा हवाइ उडान सम्झौता गर्ने भएका छन् । 

भियतनाम र कम्बाोडिको ६ दिन औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली बिहीवार भियतनामको राजधानी हनोइ पुगेका थिए । 

त्यहाँ उनले द्विपक्षीय भेटवार्ताका साथै त्यहाँको ह नाम प्रान्तमा हुने अन्तर्राष्ट्रिय वैशाख दिवसमा समेत सहभागी हुने छन् ।

त्यहाँका बौद्धमार्गीले निकै महत्वका साथ यस दिवस मनाउने गर्छन् । 

साथै नेपाल र भियतनामबीच सीधा हवाइ उडान गर्नेबारे सम्झौता हुने कार्यसूची तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । 

साथै वैशाख ३० गते प्रधानमन्त्री ओली भियतनामबाट  कम्बोडियाका लागि प्रस्थान गर्ने छन् । 

यता उनले पर्यटन प्रबर्द्धन सम्बन्धी सम्झौता गर्ने भ्रमणको कार्यसूची छ । 

प्रधानमन्त्री ओलीले कम्बोडियामा समकक्षी सम्देह हुन सेन, त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग पनि भेटवार्ता गर्ने तालिका छ ।

प्रधानमन्त्री ओलीले ४२ सदस्यीय टोलीको नेतृत्व गर्दै भियतनाम र कम्बोडिया भ्रमण गर्दै छन् । 

उनी जेठ १ गते स्वदेश फर्किने छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?