काठमाडौं । पार्टी एकताको सन्देश दिन र नेतृत्वलाई प्रभावकारी बनाउन समाजवादी पार्टी नेपालले मुलुकका आठ जिल्लामा कार्यक्रम गर्ने भएको छ ।
ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीवार राति अबेरसम्म जारी पदाधिकारीको पहिलो बैठकले आगामी जेठ ११ गतेबाट कार्यक्रम शुरु गर्ने निर्णय गरेको हो ।
समाजवादी पार्टीका सचिव प्रकाश अधिकारीका अनुसार कार्यक्रम विराटनगरबाट शुभारम्भ हुने छ भने जेठ २५ गते पोखरामा समापन हुने छ ।
विराटनगरबाट शुर हुने कार्यक्रम काठमाडौं, जनकपुर, विरगञ्ज, भैरहवा, नेपालगञ्ज, सुर्खेत र पोखरामा हुने लागेको सचिव अधिकारीले जानकारी दिएका छन् ।
कार्यक्रमलाई पार्टी अध्यक्षद्धय बाबुराम भट्टराई र उपेन्द्र यादवले सम्बोधन गर्ने छन् ।
दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँच दिन भित्र समायोजन निर्देशिका तयार गर्न समिति समेत गठन भएको छ ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईका नयाँशक्ति पार्टीबीच वैशाख २३ गते पार्टी एकीकरण भएको थियो । पार्टी एकीकरणपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको थियो ।
त्यस्तै समाजवादी पार्टीका अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी (राजपा)नेपालसहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनलाई एकताको लागि आह्वान समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया