काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई तत्कालिन नयाँ शक्ति पार्टीका असन्तुष्ट नेताहरुले ज्ञापन पत्र बुझाएका छन् ।
पार्टी एकताको मुल दस्ताबेजबारे केन्द्रीय समितिमा छलफल नभएको, विचार र संगठनको महत्वलाई प्राथमिकतामा नराखी सहभागितामूलक लोकतन्त्रको खिल्ली उडाएको, पार्टी घोषणाको सभाहलमा विभेदपूर्ण चित्र देखिएको भन्दै असन्तुष्ट नेताहरले डा. भट्टराईलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
तत्कालीन नयाँ शक्तिमा रहेका कल्पना धमला, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, भक्तबहादुर शाह, सोनाम सिंह स्याङ्तान लगायतका नेताहरु असन्तुष्ट छन् ।
असन्तुष्ट नेताहरुले बिहीवार भट्टराईलाई भेटेर पार्टी एकता गर्नुपूर्व आफूहरुसँग छलफल नभएकोमा गुनासो पोखेका छन् ।
गत सोमवार नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल मिलेर समाजवादी पार्टी बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया